Kath Khabar
नेप्सेमा १२ दशमलव ४७ अंकले गिरावट

काठमाडौं, वैशाख २३ । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्से घटेको छ । नेप्से आज १२ दशमलव ४७ अंकले घटेर २६ सय ३७ दशमलव १३ अंकमा पुुगेर रोकिंदा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७७ अंकले घटेर चार सय ७३ दशमलव चार अंकमा पुुगेर रोकिएको छ । कुुल दुुई सय १६ वटा कम्पनीहरुको ८० हजार एक सय ४१ पटक सेयर खरिद बिक्री भएकाछन् । उक्त खरिद बिक्रीमा एक करोड ५९ लाख ८० हजार आठ सय १५ कित्ता शेयर किनबेच हुंदा आज कुुल कारोवार रकम छ अर्ब ८१ करोड ९१ हजार चार सय ५३ रुपैयाँ पुुगेको छ ।

 नेप्सेमा आज सबै गरी १३ वटा उपसमुहको कारोवार भएकोमा वाणिज्य बैंक, फाईनान्स र लगानी उपसमुहको सुचक सामान्य अंकले बढेको देखिएपनि विकास बैंक, जलबिद्युुत, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, लघुुबित्त र सामुुहिक लगानी कोष उपसमुहरुको सुचक घटेकाछन् । 

नेप्सेमा आज कारोवार भएका कुुल कम्पनीहरु मध्ये खानी खोला हाईड्रो पावर कम्पनी, जनउत्थान सामुदायिक लघुुबित्त बित्तीय संस्था, महिला लघुुबित्त बित्तीय संस्था आदिको प्रतिकित्ता शेयर मुल्य बढेकाछन भने बिशाल बजार कम्पनी, सिंगटी हाईड्रो इर्नर्जी लिमिटेड, न्यादी ग्रुुप पावर लिमिटेड आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी आज कारोवार भएका कम्पनीहरु मध्ये हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्टत कम्पनी, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदिको सबैभन्दा बढी रकम कारोवार भएकाछन् ।    

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update