Kath Khabar
गुहेश्वरी फाइनान्सको साढे १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, मंसिर १६ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लांभाश घोषणा गरेको छ। फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई साढे १० प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्स सञ्चालक समितिको बुधबार बसेको बैठकले   हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र  कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update