
काठमाडौ, मंसिर २४। वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले आज शुक्रबारबाट बिरामीको टिकट वितरणमा डिजिटल सेवाको सुरुवात गरेको छ । प्रतिष्ठानको मोबाइल एप्लिकेसन मार्फत बिरामी वर्गले अनलाइन टिकट लिन सक्नेछन् । उक्त सेवा पूर्वाञ्चलमा नै पहिलो हो । उक्त सेवाका लागि सेवाग्राहीले एन्ड्रोइड मोबाइलको प्लेस्टोरमा गएर बीपी कोइराला इन्श्च्यिुट अफ हेल्थ साईन्स एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । तत्पश्चात एपबाटै टिकट काटेर आफूलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्नेछन् ।
उक्त प्रविधिले घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट बिरामी वर्गले छुटकारा पाउनेबारे प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरी शंकर शाह ढुक्क हुनुहुन्छ । यो सेवालाई अझ विस्तार गरी ल्याब परीक्षणका रिपोर्टहरू अनलाइनबाटै हेर्न मिल्ने एवं पेईङतर्फको बिरामी नाम दर्ता समेत यथाशीघ्र संचालन गराउन वहाले सम्बन्धित सबैमा जानकारी एवं आवश्यक निर्देशन दिइसक्नु भएको छ ।
उक्त सेवाको उपयोग गर्न बिरामीलाई सहज होस भनी प्रतिष्ठानको टिकट काउन्टर भवनको बाहिरपट्टि अनलाइन टिकट कसरी लिने भनेर सिकाउन सहयोगी समेत राखिएको छ ।