
काठमाडौ, मंसिर २७ । नेप्से आज सोमबार पनि रातै देखिएको छ । अघिल्लो दिन ८९ अंकले घटेको नेप्से आज पनि ७९ दसमलव २३ अंकले घटेर २२ सय ८२ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि १२ दसमलव ४७ अंकले घटेर चार सय ३७ दसमलव ५९ अंकमा झरेको छ । सोही आधारमा आज नेप्से सुचक तथा सेन्सिटिभ दुबै नै रातो देखिएको छ ।
नेप्सेमा आज दुई सय ३३ वटा कम्पनीहरुको ६२ हजार आठ सय नौ पटकको कारोवारमा ९६ लाख ७९ हजार ७२ कित्ता सेयर खरिद बिक्री भएका छन । जसबाट आज कुुल कारोवार रकम तीन अर्ब ९९ करोड ५६ लाख चार हजार एक सय ७८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन । सो मध्ये बाँणिज्य बैंक, जलबिद्युत, बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी र लगानी सहितका सबै समुहहरुको सुचक घटेर नेप्से रातै भएको छ ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज गोर्खाज फाईनान्स, बोटर्लस नेपाल तराई लिमिटेड, रुरु जलबिद्युत कम्पनी आदिको सेयर मुल्य बढेका छन भने स्वाभिमान लघुबित्त बित्तीय संस्था, मनकामना स्मार्ट लघुबित्त बित्तीय संस्था, खानीखोला लघुबित्त बित्तीय संस्था आदिको सेयर मुल्य भने घटेका छन । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नबिल बैंक, नेशनल हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, अपी पावर लिमिटेड आदि परेका छन ।