Kath Khabar
शेयर बजारमा आयो उछाल

काठमाडौ, मंसिर २८ । लगातार घटेको नेप्सेमा आज भने उछाल आएको छ । आज मंंगलबार नेप्से एकै पटक छ प्रतिसतले बढेपछि सामान्य अवस्थामा तीन बजे बन्द हुने नेप्से दुई बजे अघि नै बन्द भएको छ । कारोवार खुलेको १२ः३८ बजे नै नेप्से पाँच प्रतिशतले बढेपछि ४० मिनेटको लागि बन्द भएको थियो भने ४० मिनेट पछि नेप्से खुल्दा पनि छ प्रतिशतले बढेपछि आज दिनभरको लागि नेप्से बन्द भएको छ ।

       सोही आधारमा नेप्से आज एक सय ३७ दशमलव १८ अंकले बढेर २४ सय १८ दशमलव ८४ चढ्न सफल भएको छ भने सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ७२ अंकले बढेर चार सय ६० दशमलव ३० अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय २० वटा कम्पनीहरुको २९ हजार ६४ पटकको कारोवारमा ४० लाख ८५ हजार नौ सय ५६ कित्ता शेयर किनबेच भएकाछन । जसबाट कुल कारोवार रकम एक अर्ब ८४ करोड २६ लाख ४७ हजार एक सय ४४ रुपैयाँ पुग्न सफल भएको छ ।

       नेप्सेमा आज १३ वटा समुहहरुको कारोवार भएका छन । जसमध्ये वाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहित सहितका १३ वटै समुहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । कारोवार भएका कुल कम्पनीहरु मध्ये आज बिशाल बजार कम्पनी, सबैको लघुबित्त बित्तीय संस्था, जनउत्थान सामुदायिक लघुबित्त बित्तीय संस्था आदिको सेयर मुल्य बढेका छन भने एनआईबिएल प्रगति फण्ड, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदिको सेयर मुल्य घटेका छन । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक, नेशनल हाईड्रो पावर कम्पनी, महालक्ष्मी बिकास बैक आदि परेका छन ।

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update