
काठमाडौं, पुस २। सेन्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट छ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आज शुक्रबार बसेको बैंक सञ्चालक समितिको तीन सय ५२औं बैठकले चुक्ता पूँजीको छ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको छ ।
बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्व तीन करोड ४४ लाख २९ हजार पाँच सय दुई रुपैयाँ ५० पैसा मध्येबाट पाँच दशमलव ७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार छ सय ९६ रुपैयाँ ३९ बराबरको बोनस शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव ३० प्रतिशतले हुन आउने रकम दुई करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।