
काठमाडौ, वैशाख २६ । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से १८ दशमलव ५६ अंकले घटेर २६ सय १८ दशमलव ५६ बिन्दुुमा झर्दा सेन्सिटिभ पनि दुुई दशमलव ३१ अंकले घटेर चार सय ७० दशमलव ७३ बिन्दुमा झरेको छ । आज २१ वटा कम्पनीहरुको ७५ हजार ४६ पटकको कारोवारमा एक करोड २७ लाख २८ हजार एक सय २५ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम छ अर्ब १४ करोड ८९ लाख ६६ हजार सात सय ७२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएका छन् । ति मध्ये १३ वटै समुहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाणिज्य बैंक समुहको सूचक शुन्य दशमलव २८ अंकले घटेर १७ सय ७८ दशमलव ४३ बिन्दुमा झरेकोमा जलबिद्युुत समुहको सूचक पनि ३४ दशमलव पाँच अंकले घटेर २५ सय ७३ दशमलव ८३ बिन्दुमा झरेको छ । यि बाहेक बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेण्डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सूचकहरु पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको समता लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर आठ सय चार रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको महिला लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य भने १० प्रतिशतले घटेर चार हजार पाँच सय २७ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोवार भएको छ । यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल क्रेडिट एण्ड कर्मश बैंकको प्रतिकित्ता तीन सय ६५ रुपैंयाँ अन्तिम मुल्यमा २८ करोड ८६ लाख ५२ हजार तीन सय २१ रुपैयाँको कारोवार भएको छ ।