
काठमाडौं, वैशाख २७ । अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोवार दिन आज सोमबार भने बढेको छ । नेप्से आज २७ दशमलव ४१ अंकले बढेर २६ सय ४५ दशमलव ८४ अंकमा पुुग्दा सेन्सिटिभ पनि चार दशमलव ३५ अंकले बढेर चार सय ७५ दशमलव १२ अंकमा चढेको छ ।
नेप्सेमा आज दुुई सय १८ वटा कम्पनीहरुको ५१ हजार दुुई सय ३५ पटक शेयर किनबेच भएकाछन् । जसबाट ७५ लाख ७९ हजार तीन कित्ता शेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब २० करोड ३८ लाख ३२ हजार सात सय ८९ रुपैयाँ पुुगेको छ । नेप्सेमा १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।
नेप्सेमा आज राष्ट्रिय बीमा कम्पनी, समता लघुुबित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेकाछन् भने बिशाल बजार कम्पनी, जोशी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेकाछन् ।