Kath Khabar
२७ दशमलव ४७ अंकले बढ्यो शेयर बजार 

काठमाडौं, वैशाख २८ । शेयर बजार परिसुचक (नेप्से) २७ दशमलव ४७ अंकले बढेर २६ सय ७३ अंकमा पुगेको छ । यसैगरी 'क' बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज तीन दशमलव १२ अंकले बढेर चार सय ७८ दशमलव २४ अंकमा पुगेको छ । 

आज कुल दुई सय २० वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । यस अन्र्तगत ६२ हजार छ सय ५९ पटकको कारोवारमा एक करोड आठ लाख १९ हजार पाँच सय ३५ कित्ता शेयर किनबेच हुंदा कुल कारोवार रकम भने पाँच अर्ब ८१ करोड छ लाख ७३ हजार ७१ रुपैयाँ पुगेको छ ।

 नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये ट्रेडिङ, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलुक र लघुवित्त समुहको सुचक उच्च अंकले बढेकाछन भने वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स लगायतका समुहको सुचक सामान्य अंकले बढेका छन् । 

आज कारोवार भएका कुल कम्पनीहरु मध्ये बोटर्लस नेपाल (तराई) लिमिटेड, रुरु जलबिद्युत कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने बिशाल बजार कम्पनी, लिर्वर्टी इर्नर्जी कम्पनी आदिको शेयर मुल्य भने घटेका छन । यसैगरी आज कारोवार भएका कम्पनीहरु मध्ये नेपाल पुर्नबीमा कम्पनी, अपी पावर लिमिटेड आदिको सबैभन्दा बढी रकम कारोवार भएका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update