
काठमाडौं, वैशाख २९ । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन २७ अंकले बढेको नेप्से आज बुुधबार भने शुन्य दशमलव ५६ अंकले बढेर २६ सय ७३ दशमलव ८८ अंकमा चढेको छ । आज सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १४ अंकले बढेर चार सय ७८ दशमलव ३८ अंकमा चढेको छ ।
कुुल दुुई सय १५ वटा कम्पनीहरुको ६२ हजार नौ सय ७२ पटक शेयर किनबेच भएको छ । जसबाट आज एक करोड ४८ लाख ५४ हजार चार सय २२ कित्ता शेयर किनबेच हुुन पुुगेको छ भने कुुल शेयर कारोवार रकम पाँच अर्ब ३२ करोड ६० लाख ५२ हजार आठ सय एक रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य, लघुुवित्त र जीवन सहितका छ वटा समुहको सुचक घटेका भने विकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा सहितका सात वटा समुहको सुचक बढेको छ ।
आज कारोवार भएका कुुल कम्पनीहरु मध्ये नारायणी डेभलपमेन्ट बैंक, बोर्टलस नेपाल तराई लिमिटेड, विशाल बजार कम्पनी आदिको प्रतिकित्ता शेयर मुल्य बढेको छ भने एभरेष्ट इन्स्योरेन्स कम्पनी, सुर्योदय लघुुवित्त वित्तीय संस्था आदिको प्रतिकित्ता सेयर मुल्य घटेको छ । यसैगरी आज नेपाल पुर्नबीमा कम्पनी, अपी पावर लिमिटेड शिवम सिमेन्ट आदिको बढी रकम कारोवार भएको छ ।