
काठमाडौं, वैशाख ३० । नेप्से बढेको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज बिहिबार १० दशमलव १३ अंकले बढेर २६ सय ८४ दशमलव एक अंकमा पुुगेर रोकिएको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १२ अंकले बढेर चार सय ७९ दशमलव ५० अंकमा पुगेर रोकिएको छ ।
नेप्सेमा आज दुुई सय १८ वटा कम्पनीहरुको ८६ हजार दुई सय ९६ पटकको कारोवारमा दुुई करोड १९ लाख ५५ हजार नौ सय ४३ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा आज कुुल कारोबार रकम सात अर्ब १२ करोड ६८ लाख ८५ हजार दुुई सय २० रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, अन्य, लघुुवित्त, जीवन बीमा र सामुुहिक लगानी कोष समुहहरुको सूचक बढेकाछन् भने ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक र लगानी समुहको सूचक घटेकाछन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा समता लघुुवित्त वित्तीय संस्था, दिव्येश्वरी हाईड्रो पावर कम्पनी, रुरु जलबिद्युुत कम्पनीहरु आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया बैंकको ऋणपत्र, राष्ट्रिय बीमा कम्पनीहरु आदि परेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सूचीमा भने नेपाल पुर्नबीमा कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदि परेकाछन् ।