
काठमाडौ, जेठ २ । निशेधाज्ञा कै अवधिमा नेप्सेले नयाँ रेर्कड कायम गरेको छ । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि निषेधाज्ञा जारी गरेको भएपनि यही बिचमा शेयर बजार भने उच्च अंकले बढेर नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।
साताको पहिलो दिन आज आईतबार नै नेप्से ५४ दशमलव २१ अंकले बढेर २७ सय ३८ दशमलव २९ अंकमा पुुगेकोमा सेन्सिटिभ पनि आठ दशमलव ६४ अंकले बढेर चार सय ८८ दशमलव १४ अंकमा पुगेको छ । आज सबैगरी कुल दुई सय १४ वटा कम्पनीहरुको एक लाख १३ हजार ६९ पटकको कारोवारमा दुई करोड १३ लाख २८ हजार आठ सय ८२ कित्ता शेयर किनबेच भएकाछन् भने कुुल शेयर कारोवार रकम १० अर्ब ४० करोड ३५८ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटा समूहको कारोवार भएकोमा सबै समूहको सुचक उच्च अंकले बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । आज कमाउने कम्पनीहरुको सुचीमा रुरु जलबिद्युत कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक, लिर्वर्टी इर्नर्जी कम्पनी लिमिटेड आदि परेका छन् । यसैगरी रकम कारोवारमा आधारमा भने नेपाल पुर्नबीमा कम्पनी, एनसीसी बैंक आदि अगाडि परेका छन् ।