Kath Khabar
नेप्से २० दशमलव ७१ अंकले बढ्दा नौ अर्ब ५७ करोडको शेयर किनबेच

काठमाडौं, जेठ ३ । आज सोमबार पनि नेप्से बढेको छ । अघिल्लो दिन ५४ अंकले बढेको नेप्से आज पुुन २० दशमलव ७१ अंकले बढेर २७ सय ५९ दशमलव २१ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४५ अंकले बढेर चार सय ९२ दशमलव २८ अंकमा पुुगेको छ ।

 आज दुई सय १८ वटा कम्पनीहरुको शेयर किनबेच भएकाछन् । जस अन्र्तगत एक लाख एक हजार नौ सय १८ पटकको कारोबारमा एक करोड ९० लाख ५६ हजार दुई सय ३६ कित्ता शेयर किनबेच हुुँदा कुुल कारोवार रकम भने नौ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक सय ३९ रुपैयाँ पुुगेको छ ।

 नेप्सेमा आज सबैगरी १३ वटा समुहको कारोवार भएकोमा होटल, विकास बैंक र उत्पादनुलक समुहको सुचक घटेपनि वाणिज्य बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, लघुबित्त सहितका १० वटा समुहको सुचक उच्च अंकले बढेको छ । 

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज रुरु जलबिद्युुत कम्पनी, समता लघुुबित्त वित्तीय संस्था आदिले कमाएकाछन् भने श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी, लुम्बिनी विकास बैंक आदिले गुमाएकाछन् । यसैगरी बढी रकम कारोवार भएको आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेकाछन् । 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update