Kath Khabar
नेप्सेले कायम गर्यो २७ सय ९३ अंकको उच्च रेर्कड

काठमाडौ, जेठ ४ । नेप्सेले २७ सय ९३ दशमलव ८९ अंकको उच्च रेर्कड कायम गरेको छ । साताको तेस्रो दिन मंगलबार ३४ दशमलव ६८ अंकको बृद्धि सगै नेप्सेले उक्त रेर्कड बनाएको हो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६४ अंकले बढेर चार सय ९७ दशमलव २२ अंकमा पुुगेको छ ।

आज दुुुुई सय १५ वटा कम्पनीहरुको एक लाख १५ हजार नौ सय ६१ पटकको कारोवारमा दुुई करोड ३१ लाख ३१ हजार छ सय १५ कित्ता शेयर किनबेच भएका छन् । उक्त परिमाणमा शेयर किनबेच हुुंदा कुुल कारोवार रकम भने ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा उत्पादमुलक समुहको सुचक सामान्य अंकले घटेर बाणिज्य बैंक, बिकास बैंक, लघुबित्त, जलबिद्यत, निर्जिवन बीमा, जीवन, फाईनान्स सहितका १२ वटा समुहहरुको सुचक उच्च अंकले बढेका छन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज घलेम्दी हाईड्रो पावर कम्पनी, हिमाल दोलखा हाईड्रो पावर कम्पनी, आदिको शेयर मुल्य बढेका छन् भने नेपाल टेलिकम, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेका छन् ।  

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज नेपाल पुर्नबीमा कम्पनी, अरुण कावेली पावर लिमिटेड, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदिको सबैभन्दा बढी रकम कारोवार भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update