Kath Khabar
रोकियो नेप्सेको उच्च बृद्धि

काठमाडौं, जेठ ५ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुुधबार भने घटेको छ । नेप्से आज १३ दशमलव नौ अंकले घटेर २७ सय ८० दशमलव ८१ अंकमा सिमित हुुंदा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव आठ अंकले घटेर चार सय ९६ दशमलव १४ अंकमा सिमित हुुन पुुगेको छ ।

आज सबैगरी कुल दुुई सय १४ वटा कम्पनीहरुको एक लाख ३२ हजार तीन सय ६९ पटकको कारोवारमा दुुई करोड ५१ लाख २१ हजार पाँच सय ५४ कित्ता शेयर किनबेच हुँदा कुुल कारोवार रकम ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार चार सय ११ रुपैयाँ पुुगेको छ । नेप्सेमा आज कारोवार भएको कुुल १३ वटा समुहहरु मध्ये वाणिज्य बैंक, ट्रेडिङ, होटल तथा पर्यटन र सामुुहिक लगानी कोष समुहको सुचकहरु बढेकाछन् भने विकास बैंक, जलबिद्युुत, लघुुवित्त, निर्जिवन बीमा, जीवन बीमा सहितका आठ वटा समुहहरुको सुचकहरु घटेकाछन् ।

 आज कारोवार भएका कुुल कम्पनीहरु मध्ये समता लघुुवित्त वित्तीय संस्था, खानीखोला हाईड्रो पावर कम्पनी, रुरु जलबिद्युत कम्पनी आदिले कमाएका छन् भने हिमाल दोलखा हाईड्रो पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, साँग्रिला डेभलपमेन्ट बैंक आदिले गुमाएका छन् । यसैगरी आज कारोवार भएको कुुल कम्पनीहरु मध्ये नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी आदिको बढी रकमको कारोवार भएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update