
काठमाडौं, जेठ ६ । नेप्सेको उकालो यात्राले आज बिहिबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार छ दशमलव ३७ अंकले बढेर २७ सय ८७ दशमलव १८ अंकमा कायम हुुन पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ८३ अंकले बढेर चार सय ९८ दशमलव ९७ अंकमा कायम हुुन पुुगेको छ ।
आज दुुई सय १४ वटा कम्पनीहरुको एक लाख छ हजार तीन सय ९९ पटक शेयर किनबेच भएका छन् । उक्त किनबेचबाट दुुई करोड एक लाख ३३ हजार छ सय दुुई कित्ता शेयर कारोवार हुदा कुुल कारोवार रकम भने नौ अर्ब ३० करोड ५२ लाख २२ हजार चार रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा आठ वटा समुहको सुचक घटेका छन् भने पाँच वटा समुहको सुचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहरुको सुचक बढेका छन् भने ट्रेडिङ्ग, होटल तथा पर्यटन, जलबिद्युत, उत्पादनमुलक, लघुुवित्त, निर्जिवन बीमा, जीवन बीमा र लगानी समुहको सुचक घटेका छन् ।
आज कारोवार भएका कुुल कम्पनीहरु मध्ये गुडविल फाईनान्स, मञ्जुुश्री फाईनान्स, समता लघुुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने पाँचथर पावर कम्पनी, खानीखोला हाईड्रो पावर कम्पनी, जोशी हाईड्रो पावर कम्पनी आदिले गुमाएका छन् । रकम कारोवारका आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी, बैंक, अफ काठमाडौं नेपाल लिमिटेड, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।