Kath Khabar
६ वर्षपछि चीन र अस्ट्रेलियाका राष्ट्रप्रमुख बीच भेटवार्ता हुँदै
६ वर्षपछि चीन र अस्ट्रेलियाका राष्ट्रप्रमुख बीच भेटवार्ता हुँदै सन् २०१८ मा अस्ट्रेलिया सरकारले चिनियाँ कम्पनी हुवावेलाई अस्ट्रेलियामा फाइभ जी नेटवर्क विस्तार गर्न नदिने र वैदेशिक हस्तक्षेप सम्बन्धी कानुन पारित गरेसँगै २ देशबीच तिक्तता सुरु भएको थियो । त्यसपछि कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धानको सवालमा अस्ट्रेलियाले लिएको कडा अडानपछि सम्बन्ध झनै बिग्रेको थियो ।
अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गयो, २ जना घाइते
अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गयो, २ जना घाइते युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो । भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ । साथै अमेरिकाका सार्वजनिक विश्वविद्यालयमध्ये तेस्रो स्थानमा छ ।
काठमाडौँ महानगरद्वारा मानवसेवा आश्रमसँगको सहकार्यमा सडकआश्रित मानवको व्यवस्थापन गर्न प्रतिबद्ध
काठमाडौँ महानगरद्वारा मानवसेवा आश्रमसँगको सहकार्यमा सडकआश्रित मानवको व्यवस्थापन गर्न प्रतिबद्ध सडकपेटी र सार्वजनिक स्थलबाट मानिसको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरूको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई प्रयोग गरिने भएको छ।
सिटी एक्सप्रेसको मेगा बम्पर उपहार विजेता घोषणा, जिवन रायमाझीले पाए ५ तोला सुन
सिटी एक्सप्रेसको मेगा बम्पर उपहार विजेता घोषणा, जिवन रायमाझीले पाए ५ तोला सुन सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा १ जना भाग्यशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो ।
भारतीय अर्बपति मुकेश अम्बानी लिभरपुल किन्ने होडमा
भारतीय अर्बपति मुकेश अम्बानी लिभरपुल किन्ने होडमा अम्बानीको कम्पनी रिलायन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सको मालिक हो । यसले भारतीय फुटबल महासंघ (एआईएफएफ)सँग मिलेर इन्डियन सुपर लिग पनि सञ्चालन गरिरहेको छ ।
टी-२० विश्वकपमा पाकिस्तान हारेपछि भारतमा विद्यार्थीहरूबीच कुटाकुट
टी-२० विश्वकपमा पाकिस्तान हारेपछि भारतमा विद्यार्थीहरूबीच कुटाकुट मोगाको निजी इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजका विद्यार्थीहरु सँगै बसेर खेल हेरिरहेका थिए । खेलमा पाकिस्तानको हारपछि बिहार र कश्मीरका विद्यार्थीहरूबीच बहस भएको थियो । केहीबेरमा झगडा कुटाकुटमा पुगेपछि दुवै समूहले एकअर्कालाई ढुंगा र इँटा प्रहार गरेको प्रहरीले जनाएको छ ।
जावलाखेलको ‘लभ्ली होम चाइल्ड केयर'मा ११ महिने बालकको मृत्यु
जावलाखेलको ‘लभ्ली होम चाइल्ड केयर'मा ११ महिने बालकको मृत्यु  अभिभावकले बालकलाई २०७९ कात्तिक १७ मा लभ्ली होम चाइल्ड केयरमा भर्ना गरेका थिए । बालकलाई अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल महाराजगन्जले बिहीबार मृत घोषणा गरेको थियो ।
चर्चित टिभी अभिनेता सिद्धान्तको जिममा कसरत गर्ने क्रममा हृदयघातका कारण निधन
चर्चित टिभी अभिनेता सिद्धान्तको जिममा कसरत गर्ने क्रममा हृदयघातका कारण निधन जिममा कसरत गर्ने क्रममा अचानक लडेका थिए । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
Weather Update