त्रिभुवन विमानस्थलबाट १४ किलो सुन सहित दुईजना पक्राउ
शुक्रबार, मंसिर २२, २०८०

एनसेल बिक्रीको अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन, आजै उच्च अदालतद्वारा प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश
बिहीबार, मंसिर २१, २०८०
सरकारले एनसेलको शेयर खरिद-बिक्रीका सम्बन्धमा अध्ययन गर्न आजै ५ सदस्यीय उच्चस्तरीय समितिसमेत गठन गरेको छ । तर न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको एकल इजलासले आज बिहीवार खरिद-बिक्री भएका एनसेलका शेयरहरू मङ्सिर २५ गते सोमवारसम्म दर्ता किताबमा दर्ता नगर्नू र नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनमा बन्दी, रुस पठाउने गिरोहमा संलग्न क्षितिज गिरी सहित १२ जना पक्राउ
बिहीबार, मंसिर २१, २०८०
रुस पठाइएका अधिकांश भिजिट भिसामा युएई पठाइ त्यहाँबाट रुस पठाइएको पाइएको छ। कतिपय भारतको बाटोबाट स्थलमार्ग हुँदै पनि रुस जानेहरू भेटिएको एसएसपी खत्रीले बताए। उनले अहिलेको पक्राउ परेकाहरूको संख्या प्रारम्भिक रूप मात्र भएको बताए।

अनलाइन मार्फत श्रम स्वीकृति लिन र श्रम स्वीकृति नभइ हवाई टिकट नलिन वैदेशिक रोजगार विभागको आग्रह
बिहीबार, मंसिर २१, २०८०
केही दिनअघिसम्म फेमिसमा समस्या आएपछि श्रम स्वीकृति लिन भौतिक रूपमै कार्यालय पुग्नेको भिड लाग्ने गरेको थियो । अहिले फेमिसमा देखिएको समस्या समाधान भइसकेको भन्दै विभागले कार्यालयमा नआएर अनलाइनबाटै श्रम स्वीकृति लिन अनुरोध गरेको हो ।
आज काठमाडौंमा दिनभर बदली रहने, कोशी प्रदेश र तराईका १-२ ठाउँमा फाट्टफुट्ट वर्षा
बिहीबार, मंसिर २१, २०८०
केही ठाउँमा घाम लागे पनि फेरि बादल लाग्ने उहाँको भनाइ छ । उहाँका अनुसार आज राति देखि भने मौसममा क्रमिक सुधार आउने सम्भावना छ । आज भन्दा भोलिको मौसम खुल्ने मौसमविद्को भनाइ छ ।

इन्टरपोलको ९१ औं महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता
बिहीबार, मंसिर २१, २०८०
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म संचालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. सहितको टोली समेत स्वदेश फिर्ता भएको हो ।

डा. राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित
बिहीबार, मंसिर २१, २०८०
डा. अधिकारीका २६ ओटा पेटेन्टहरु दर्ता छन् । एक सय भन्दा बढी अनुसन्धानात्मक सामाग्री प्रकाशित छन् । उहाँले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ ।
खुला प्रतिस्पर्धाका आधारमा 'ग्राउण्ड ह्याण्डलिङ' दिने प्राधिकरणको निर्णय विरुद्ध निगम कर्मचारी आन्दोलित
बुधबार, मंसिर २०, २०८०
कर्मचारीहरुले ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमबाट खोस्ने प्राधिकरणको राष्ट्रघाती निर्णय खारेज गर, निगम मास्ने निर्णय फिर्ता गर, नागरिक उड्डन प्राधिकरणको दादागिरी बन्द गर, भ्रष्ट क्यानको डिजी राजिनामा दे लगायतका नारा समेत लगाएका छन् ।
सोती घटना प्रकरण : तत्कालीन वडाध्यक्ष र प्रेमिकाका बाबु सहित २४ लाई जन्मकैद
बुधबार, मंसिर २०, २०८०
हत्या गरिएका नवराज विककी प्रेमिका, प्रेमिकाकी आमालाई अदालतले जातीय छुवाछुतमा दोषी ठहर गरेको छ । उनीहरूलाई २ वर्ष कैद फैसला गरेको छ ।

सर्वोच्च अदालतले आज टिकटक प्रतिबन्ध विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा
मंगलबार, मंसिर १९, २०८०
न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मङ्सिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै १० दिनभित्र कारण देखाउ आदेश जारी आजका लागि पेशी तोकेको थियो ।

मनाङमा वर्षासँगै हिमपात, काठमाडौंमा चिसो, तराईमा हुस्सु
मंगलबार, मंसिर १९, २०८०
पश्चिमबाट पूर्व सर्दै गएको बादलले सोमबार दिनभर काठमाडौंको आकाश ढाक्दा उपत्यकामा चिसो बढेको छ । आइतबारको तुलनामा सोमबार काठमाडौंको अधिकतम तापक्रम ४ डिग्री सेल्सियसले झरेको थियो । सोमबार अधिकतम तापक्रम १७.६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस मापन भयो ।

मधेश प्रदेशले शुरु गर्यो ‘एन्टी ड्रग क्याम्पेन’
सोमबार, मंसिर १८, २०८०
महोत्तरी प्रहरीले स्क्रिनिङ गरेका ४९५ लागुऔषध सेवनकर्ता मध्ये १६६ सेवनकर्ता र उनीहरूका अभिभावक समेतको उपस्थितिमा क्याम्पेनको शुरुवात गरिएको हो।

पश्चिमका केही ठाउँमा वर्षा र हिमपात, बादल पूर्वतिर सर्दै मुस्ताङमा यस वर्षको पहिलो हिमपात
सोमबार, मंसिर १८, २०८०
मुस्ताङ सदरमुकाम जोमसोमको तापक्रम माइनस ३ डिग्री सेल्सियसमा पुगेको जनाइएको छ । यसैगरी जोमसोम विमानस्थलमा आज एउटा मात्रै हवाई उडान भएपछि उडान रोकिएको छ ।
साताको लोकप्रीय