अज्ञात समूहद्वारा धनकुटाका वडाध्यक्ष गुरागाईलाई घरमै थुनेर आगो लगाइयो
सोमबार, मंसिर १८, २०८०

काठमाडौंमा दिनभर बदली रहने, केही प्रदेशमा बिहानै देखि हल्का वर्षा तथा हिमपात
सोमबार, मंसिर १८, २०८०
लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा छिटपुट देखि हल्का वर्षाको भइरहेको छ । केही भू-भागमा हिमपात भइरहेको छ ।

ककनीमा फोहोरको गन्धले कृषि उत्पादनमा समेत ह्रास
आइतबार, मंसिर १७, २०८०
१८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै लड्डु खाएर फोहोर फाल्न दिने सहमति दिएका स्थानीयहरु अहिले फोहोरमा पिल्सिएर बस्न बाध्य भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको ह्यान्डब्यागमा रहेको पावर बैंक शर्ट भएर पड्किँदा आगो लाग्यो
आइतबार, मंसिर १७, २०८०
ह्यान्डब्याग भित्र रहेको पावर बैंकमा जोडेर आइप्याड चलाइरहेको बेला पड्किएर आगो लागेको हो ।

जाजरकोट, रुकुमका भूकम्प पीडितलाई स्ट्यान्डर्ड चार्टर्डद्वारा १० हजार डलर सहयोग
आइतबार, मंसिर १७, २०८०
उक्त रकमले रेडक्रस सोसाइटी नेपाल मार्फत भूकम्प प्रभावितका लागि प्राथमिक उपचार तथा औषधि उपलब्ध गराउनुका साथै नजिकिँदै गरेको चिसो मौसमलाई ध्यानमा राखेर न्यानो कपडा, दैनिक उपभोग्य वस्तु लगायतका साधन उपलब्ध गराइने बैंकले जनाएको छ ।

कोप-२८ सम्मेलन पछि प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै
आइतबार, मंसिर १७, २०८०
प्रधानमन्त्री प्रचण्डले बढ्दो तापक्रमले हिमाललाई यातना दिएको भन्दै बचाउन आह्वान गर्दै जलवायु परिवर्तनबाट हुने हानि र क्षतिका लागि स्थापना गरिएका कोष अल्पविकसित र हिमाली देशका लागि सरलीकृत र पर्याप्त हुनुपर्नेमा जोड दिनु भएको थियो ।

आज काठमाडौंमा यो वर्षको अहिलेसम्मकै चिसो
आइतबार, मंसिर १७, २०८०
काठमाडौंमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सफा हुने अनुमान गरिएको छ ।

आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईंदै
आइतबार, मंसिर १७, २०८०
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरे देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । तर, दिवस मनाइरहे पनि आफूहरुले जीवनयापन उस्तै कठिन भएको अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । यस्तै, अपाङ्गता मैत्री संरचना नबन्दा थप कठिनाइ भइरहेको उनीहरुको भनाइ छ।

नेपाली वायु सेवा इयूको कालो सूचीमा यथावत्
शुक्रबार, मंसिर १५, २०८०
यो सूचीमा रहेका वायु सेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली हवाई उद्योग सन् २०१३ देखि नै युरोपमा प्रतिबन्ध छ ।

हिजो प्रधानमन्त्री प्रचण्डलाई लिएर दुबई जाने क्रममा छुटेका ३१ जना यात्रुलाई नेपाल एअरलाइन्सले आज लैजाने
बिहीबार, मंसिर १४, २०८०
यात्रुलाई पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै निगमले आज वैकल्पिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको जानकारी गराएको छ ।

ललितपुरमा थपिंदै छन् १४ सय स्मार्ट स्ट्रिट लाइट
बिहीबार, मंसिर १४, २०८०
दोस्रो चरण अन्तर्गतका १ हजार ४ सय बत्ती मध्ये महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी छ । यस चरण पछि ललितपुरका सबैजसो मुख्य सडक झिलिमिली हुनेछन् । दोस्रो चरणमा सातदोबाटो-हरिसिद्धि, धापाखेल-सुनाकोठी, भैँसेपाटी-बुङमती, खोकना लगायत क्षेत्रका सडकमा जडान हुनेछन् ।
साताको लोकप्रीय