Kath Khabar
असोज ३ गते देखि शुरु भएको द्रुत बस सेवा दशैँ देखि नै बन्द
असोज ३ गते देखि शुरु भएको द्रुत बस सेवा दशैँ देखि नै बन्द द्रुत बस सेवा सञ्चालनका लागि सरकारले झण्डै साढे २ करोड रुपैयाँ खर्च गरेर सडकमा ट्रयाक छुट्याउनका लागि रङ्ग पोतेको थियो । 
दशैँमा घर जान सेना र सशस्त्रका कर्मचारीलाई गाडी सुविधा
दशैँमा घर जान सेना र सशस्त्रका कर्मचारीलाई गाडी सुविधा चाडपर्वका बेला घरबिदा जाने सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताउनुभयो ।
आजबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुला
आजबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुला यसपालि ढिलो गरी अग्रिम टिकट बुकिङ खुला भएको हो । अहिलेकै भाडादर कायम रहेको र चाडपर्वको नाममा तोकिएको भन्दा बढी भाडा लिएको पाइए कारबाही गर्ने यातायात मन्त्रालयले जनाएको छ ।
दसैँका लागि अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि
दसैँका लागि अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए।
अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध
अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडामा पहिरो जाँदा आज बिहानै देखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 
सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सुरु, अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क पुग्ने
सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सुरु, अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क पुग्ने आज उद्घाटन भएपनि सर्वसाधारणका लागि भोलिबाट बस सञ्चालनमा आउनेछ । यसरी चल्ने बसको अगाडी द्रुत बस सेवा लेखिएको छ भने यी बस चल्ने लेनमा रातो रङ पोतिएको छ । द्रुत बस बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म सूर्यबिनायक रत्नपार्क सञ्चालन हुनेछ ।
भोलिदेखि २५ वटा बस रातो लेनमा चल्ने,  ‘रेड मार्क’ लगाउने कार्य जारी
भोलिदेखि २५ वटा बस रातो लेनमा चल्ने, ‘रेड मार्क’ लगाउने कार्य जारी सुरुमा दुईवटा बस चल्ने जनाइएको छ । भोलि रत्नपार्कमा सेवा उद्घाटन गर्ने तयारी रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनुभयो । द्रुत सेवाका लागि २५ वटा बस सञ्चालनमा ल्याउने योजना छ । उक्त सेवाका लागि ट्राफिक प्रहरीहरु परिचालन गरेर लेन खाली गरिने छ ।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै गाडी भाडा पनि बढ्यो
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै गाडी भाडा पनि बढ्यो विभागका अनुसार यो भाडा दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने भएको छ ।
भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइनमार्फत सेवा सुरु गरिने
भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइनमार्फत सेवा सुरु गरिने हाल गण्डकी प्रदेशको पोखरामा मात्र यो सेवा सञ्चालनमा छ । उक्त कार्यालयमा अनलाइन सेवा सफल र प्रभावकारी भएपछि देशभर लागू गर्न लागिएको घोषणापत्रमा उल्लेख छ ।
कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध
कालिखोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध पहिरो पन्छाउने क्रम सुरु गरिए पनि पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न नसकिने जानकारीमा आएको छ ।
Weather Update