सरकार बार्तामा व्यस्त : उद्धारमा ढिलाइले इजरायलमा रहेका नेपाली बिद्यार्थी आक्रोशित
बुधबार, असोज २४, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित
बुधबार, असोज २४, २०८०
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको थियो ।

इजरायलका विदेशमन्त्री र परराष्ट्रमन्त्री साउद बीच टेलिफोन वार्ता
बुधबार, असोज २४, २०८०
आफ्नो मन्त्रालयले तेलअबिबस्थित नेपाली राजदूतावाससँगका समन्वयमा इजरायलमा रहेका नेपालीको विवरण सङ्कलन गरिरहेको तथा घर फर्कन चाहनेहरूको पूर्ण विवरण तयार भएपछि सहजीकरणका लागि पुनः इजरायल सरकारसँग आग्रह गर्ने जानकारी मन्त्री साउदले आफ्ना समकक्षी कोहेनलाई दिनुभएको थियो ।

पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको टेकुको पुल निर्माणमा भ्रष्टाचार
मंगलबार, असोज २३, २०८०
०७१ को असारमै ठेक्का लागेको उक्त पुल २०७५ मै सम्पन्न भइसकेको दाबी ठेकेदारले गरेका थिए। तर, मापदण्ड बमोजिम नरहेको र गुणस्तरहीन रहेको भन्दै विभागले उक्त पुलमा समस्या देखाउँदै सञ्चालन गरेको थिएन।
८० हेक्टर मार्सी धानबाली नेक ब्लास्ट (घाँटी मरुवा) रोगले नष्ट
मंगलबार, असोज २३, २०८०
धानमा लाग्ने ब्लास्ट रोग ३ प्रकारका हुन्छन् । ‘एउटा लिप ब्लास्ट (पातमा) हुने संक्रमण नियन्त्रणमा लिन सकिन्छ । दोस्रो फिंगर ब्लास्ट (धानको डाँठमा) लाग्ने रोगलाई पनि नियन्त्रण गर्न सकिन्छ । तेस्रो ब्लास्ट रोग भनेको नेक ब्लास्ट (घाँटी मरुवा) अर्थात् धानको बालामै लाग्ने रोग हो । यसले बाला पोटिलो नहुने, धानमा...

जुम्लाबाट १७ दिन हिँडेर भेडाच्याङ्ग्रा बेच्न बेनीमा
मंगलबार, असोज २३, २०८०
“हामीले गाउँमा पालेका बाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ”, उनले भने हालसम्म करिब १५ मात्र भेडाच्याङ्ग्रा बिक्री भएको छ । “सबैले महँगो भयो भन्छन्, पोखरासम्म पुर्याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ ।”
बिपी प्रतिष्ठानका ५५ चिकित्सकहरू आन्दोलन गर्न काठमाडौंमा
मंगलबार, असोज २३, २०८०
‘नियमित रूपमा हुनपर्ने बढुवा ७ वर्ष देखि रोकिएको छ', चिकित्सकहरूले २३ देखि २५ असोजसम्म स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा धर्ना दिने, २६ असोजसम्म आन्तरिक बढुवाका लागि रोकिएको अन्तर्वार्ता शुरु नगरे सामूहिक राजीनामा दिने समाजका अध्यक्ष खानले बताए ।

मोडिफाइड (स्वरूप परिवर्तन) गरीएको २२ वटा मोटरसाइकल प्रहरी नियत्रणमा
मंगलबार, असोज २३, २०८०
मोटरसाईकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्दै हिँड्ने विभिन्न कम्पनीका मोटरसाईकललाई आवश्यक कारबाही गरी परिवर्तन गरिएको स्वरूप हटाई अभिभावकको रोहबरमा जिम्मा लगाई छाडिएको कास्की प्रहरीले जनाएको छ ।
आरोहणमा विश्व रेकर्ड बनाएको २ महिनामै सिसापाङ्मा हिमपहिरोमा बिलाए तेन्जेन शेर्पा
मंगलबार, असोज २३, २०८०
विश्वका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४औँ अग्लो सिसापाङ्मा हिमालमा गत शनिबार गएको हिमपहिरोमा उनीसँगै अमेरिकी नागरिक गिना मारी रुजकिल्डो पनि बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने
मंगलबार, असोज २३, २०८०
सरकारले मृतकका परिवारलाई १०-१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका र स्वदेश आउन चाहने सबै नेपालीहरुलाई विमान पठाएर स्वदेश ल्याउने पनि निर्णय गरेको छ ।

नेपाल पश्चिमी वायुको प्रवेश संगै चिसो बाकेर आउने पश्चिमी वायुले वर्षा र हिमपात गराउने
मंगलबार, असोज २३, २०८०
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बाहिरिए पछि देशको पश्चिमी भागमा पश्चिमी वायुको प्रवेश शुरु भएको हो। पूर्वबाट प्रवेश गर्ने भएकाले मनसुनलाई पूर्वीय वायु भनिन्छ भने पश्चिमबाट भित्रिने वायुलाई पश्चिमी वायु भनिन्छ।

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
मंगलबार, असोज २३, २०८०
संसारभरी ४ मध्ये १ जनालाई आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन्छ। लगभग ४ करोड ५० लाख मानिसहरू मानसिक स्वास्थ्य समस्याको साथ बाँचिरहेका छन्, यो विश्वको सबैभन्दा ठूलो स्वास्थ्य समस्याहरू मध्ये एक हो।

इजरायलमा १० नेपालीको मृत्यु भएको शोकमा सरकारद्वारा मंगलबार बिदा दिने घोषणा
सोमबार, असोज २२, २०८०
साथै मृतकका परिवारलाई १० लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको श्रेष्ठले जानकारी दिए।
साताको लोकप्रीय