आजदेखि देशभर चाडपर्व लक्षित सुपथ पसल संचालनमा
आइतबार, असोज २१, २०८०
६१ किलो तस्करी सुन प्रकरणमा पक्राउ परेकामध्ये २५ जनालाई थुनामा पठाउन आदेश
शनिबार, असोज २०, २०८०
अभियोगपत्र अनुसार तस्करीमा संलग्न मुख्य व्यक्तिहरू मिस ली र मिस्टर लिन रहे पनि नेपाल सुन ल्याउने चिनियाँ नागरिकहरूले योजनाबद्ध रूपमा चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ, तिब्बतियन मूलका भारतीय नागरिक थुप्तेन छिरिङ, नेपाली नागरिकहरू किशोर बस्नेत, सुमन खरेल, शिव सर्राफ र हर्कराज राईलाई प्रयोग गरेको देखिएको थियो ।

दसैँका लागि अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि
शनिबार, असोज २०, २०८०
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए।
1696586503.jpg)
अब मनाङको स्याउ मनाङमै खपत हुने, हुम्देमा स्याउको वाइन उत्पादन शुरु
शुक्रबार, असोज १९, २०८०
मनाङ बेभरेज प्रालिले मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देमा वाइन कारखाना सञ्चालनमा ल्याई कम्पनीले स्याउको उत्पादनलाई परिस्कृत गर्ने उद्देश्यले वाइन कारखाना सञ्चालनमा ल्याएको हो । यो कारखाना सञ्चालनमा आएसँगै अब मनाङको स्याउ मनाङमै खपत हुने भएको छ ।

उपत्यकामा चाडपर्व नजिकिँदै गर्दा बढ्न थाल्यो चोरी
शुक्रबार, असोज १९, २०८०
घरमा कोही नभएको मौका छोपी दिउँसै समेत ताला फुटाएर तथा मोटरसाइकल चोरीका घटना बढ्न थालेको प्रहरीले जनाएको छ ।

गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको नयाँ २० रुपैयाँ दरको नोट आजदेखि चलनचल्तीमा
शुक्रबार, असोज १९, २०८०
बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सूचना निकालेर साविककै आकार र रङ्गमा सङ्केत नम्बर ठ ८७०००००१ देखि त १८९९९९९९ सम्मको नोट चलनचल्तीमा आएको जनाएको छ ।

मनाङको भिरबाट ६९ वर्षीय अमेरिकी पर्यटकको लडेर ज्यान गयो
शुक्रबार, असोज १९, २०८०
झरेको ढुङ्गा पन्छाउने क्रममा बुधवार राति उहाँ सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदी किनारमा खस्नुभएको मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिनुभयो ।

महाराजगञ्जमा गोली लागेर घाइते भएकी असई पत्नी शर्मीला चौधरीको उपचारका क्रममा ज्यान गयो
शुक्रबार, असोज १९, २०८०
मृतक चौधरी ९ दिन अघि श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिएकी थिईन । उनको कोखामा १ राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ ।

नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै
शुक्रबार, असोज १९, २०८०
हिजो देखि दिउँसोको समयमा कर्फ्यु हटाइएको थियो । राति ८ बजेपछि बिहान ६ बजेसम्म भने कर्फ्यु कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

दशैं/तिहारको लागी (२३ लाख बुक) ६ करोड ४४ लाख रुपैयाँ बराबरको तास नेपाल भित्रियो
शुक्रबार, असोज १९, २०८०
तास देशभित्र उत्पादन हुँदैन। आसन्न दशैंलाई लक्षित गरी २ महिनामा २२ लाख ९७ हजार बुक तास आयात भएको छ। यो संख्या गत वर्षको साउन र भदौको तुलनामा २ सय ३८ प्रतिशत बढी हो।

४ प्रदेशका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना
शुक्रबार, असोज १९, २०८०
भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको असर नेपालमा अझै रहेको छ। यही प्रणालीका कारण मनसुन बाहिरिन ढिलाइ भइरहेको र केही ठाउँमा अझै हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनु भयो ।
साताको लोकप्रीय