Kath Khabar
निर्माता सुदर्शन बस्नेतको जाहेरीमा ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवाल पक्राउ
निर्माता सुदर्शन बस्नेतको जाहेरीमा ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवाल पक्राउ आफ्नो अनुमति विना सो चलचित्र प्रसारण गरी १ करोड ५० लाख आर्थिक नोक्सानी पुर्‍याएको भन्दै निर्माता बस्नेतले ठगी, आपराधिक विश्वासघात तथा आरापराधिक लाभ लिएको भन्दै गत भदौ १५ गते जाहेरी दिएका थिए।
इजरायलमा निधन हुने विद्यार्थीका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा, मृतकका परिवारलाई सुदुरपश्चिम सरकारले जनही २ लाख दिने 
इजरायलमा निधन हुने विद्यार्थीका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा, मृतकका परिवारलाई सुदुरपश्चिम सरकारले जनही २ लाख दिने  सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ।
कार्ड नहुँदा ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आकस्मिक बाहेक अरु छपाइ रोकियो
कार्ड नहुँदा ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आकस्मिक बाहेक अरु छपाइ रोकियो कहिले आवश्यक उपकरण वा सामग्री खरिदका कारण त कहिले व्यवस्थापनका कारण नागरिकले समयमा अनुमतिपत्र पाउन सेका छैनन् । अनुमतिपत्र छाप्न समय लाग्ने मात्रै होइन लामो समय कुरेर पाएका कार्डमा समय समयमा समस्या आइरहेको सेवाग्राहीको गुनासो छ ।
नेपालकी मेनुकाले इन्डियन आइडल १४ मा जितिन् 'गोल्डेन माइक'
नेपालकी मेनुकाले इन्डियन आइडल १४ मा जितिन् 'गोल्डेन माइक' मेनुकाले 'नेपाल आइडल' र भारतको रियालिटी शो 'सारेगमप' मा पनि भाग लिएकी थिइन्। उनी 'सारेगमप' को टप ११ बाट बाहिरिएकी थिइन्।
आज १४६ औं विश्व हुलाक दिवस, सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने सङ्कटमा
आज १४६ औं विश्व हुलाक दिवस, सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व भने सङ्कटमा एक दशक अघिसम्म आमनागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ । हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने र पार्सलका केही सामग्री पुर्‍याउने काममा मात्र साँघुरिएको हुलाकका कर्मचारी बताउँछन् ।
दशैँ, तिहार तथा छठमा विशेष सुरक्षाको लागि ५० हजार प्रहरी 
दशैँ, तिहार तथा छठमा विशेष सुरक्षाको लागि ५० हजार प्रहरी  घर बन्द गरेर तस्बिर खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।
झलनाथ खनाल प्रतिष्ठानको सर्प पालनमा १७ करोड ९८ लाख हिनामिना, मधेसका पूर्वमन्त्री सहित ७ जना विरुद्ध मुद्दा दायर
झलनाथ खनाल प्रतिष्ठानको सर्प पालनमा १७ करोड ९८ लाख हिनामिना, मधेसका पूर्वमन्त्री सहित ७ जना विरुद्ध मुद्दा दायर आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ र प्रतिष्ठानका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र राय विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
असोज २९ गते देखि दशैँका लागि नयाँ नोट सटही
असोज २९ गते देखि दशैँका लागि नयाँ नोट सटही नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा पनि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको हो । गएको वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।
काठमाडौं उपत्यकाका माछा पसल बिगत ५ दिनदेखि बन्द
काठमाडौं उपत्यकाका माछा पसल बिगत ५ दिनदेखि बन्द सरकारले ताजा माछा आयातका लागि प्रयोग हुने ‘एचएस कोड’ (भन्सार प्रक्रियामा वस्तुको पहिचानको लागि निर्धारित संकेत अंक) भन्सार विभागले स्थगन गरेपछि आफूहरूलाई समस्या भएको कालीमाटीमा माछा पसल संचालन गर्ने विपिन साहले बताए।
गाईको गोबरबाट धुपबत्ती र दियो बनाउंदै कैलालीबासी
गाईको गोबरबाट धुपबत्ती र दियो बनाउंदै कैलालीबासी ‘गाईको गोबर प्रयोग गरी बनाइएको धुपबत्तीको सुगन्ध हवन गरेको जस्तो आउने, वातावरणका हिसाबले पनि राम्रो हुन्छ,’ उहाँले भन्नुभयो ‘यसरी विभिन्न सामग्री निर्माण गरी भएको आम्दानी गाई संरक्षणमा खर्च गरिनेछ । यो धुपबत्ती बजारमा पाइने केमिकल मिसावट धुप भन्दा स्वास्थ्यका हिसाबले पनि लाभदायक छ ।’
काठमाडौं महानगरको चेतावनी : धुवाँको मुस्लो फाल्ने गाडीलाई ३ देखि ९ लाख रुपैयाँसम्म जरिबाना 
काठमाडौं महानगरको चेतावनी : धुवाँको मुस्लो फाल्ने गाडीलाई ३ देखि ९ लाख रुपैयाँसम्म जरिबाना  महानगरले सूचना निकालेर मापदण्ड विपरित प्रदूषण सृजना गर्ने गाडी धनीलाई ३ लाख रुपैयाँसम्म जरिबाना गरी २ महिना भित्र मापदण्ड बमोजिमको कार्य गर्न आदेश दिने जनाएको छ । दिएको आदेश बमोजिम कार्य नभएमा जरिबानाको तेब्बर अर्थात ९ लाख रुपैयाँ जरिबाना गराउने सूचनामा उल्लेख छ ।
मनसुन पश्चिमी क्षेत्रबाट बाहिरिए पनि मध्य र पूर्वी क्षेत्रमा कायमै
मनसुन पश्चिमी क्षेत्रबाट बाहिरिए पनि मध्य र पूर्वी क्षेत्रमा कायमै आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश र लुम्बिनी प्रदेशका १/२ ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट भने मनसुन बाहिरिसकेको छ ।
Weather Update