Kath Khabar
धर्मगुरु श्री निवास आचार्यलाई बिना सर्त रिहा गर्न साधुसन्तको माग
धर्मगुरु श्री निवास आचार्यलाई बिना सर्त रिहा गर्न साधुसन्तको माग असोज १२ गते गौहत्या विरुद्व विश्व हिन्दु परिषद्ले निकालेको विरोध र्‍याली कार्यक्रममा धर्मगुरु श्री निवास आचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्ने विरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए ।
अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध
अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडामा पहिरो जाँदा आज बिहानै देखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 
आमरण अनशन थालेकी भारती सर्वोच्च परिसरमै ढलिन, उपचारका लागि वीर अस्पताल लगियो
आमरण अनशन थालेकी भारती सर्वोच्च परिसरमै ढलिन, उपचारका लागि वीर अस्पताल लगियो आफ्ना श्रीमान चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएपछि उनी त्यसको प्रतिपादमा आजबाट अनसन बसेकी हुन् ।
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३:०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर ६.३ रेक्टरस्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
रिगललाई जेलमै राख्नुपर्ने माग सहित भारतीले शुरु गरिन् अनशन
रिगललाई जेलमै राख्नुपर्ने माग सहित भारतीले शुरु गरिन् अनशन घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर ३ वर्ष देखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।
आज विश्व पशु दिवस मनाइँदै
आज विश्व पशु दिवस मनाइँदै सन् १९२५ मा बर्लिनमा हेनरिक जिम्मरम्यानले उत्सव नै आयोजना गरेका थिए । त्यसपछि वर्षमा १ दिन विश्वव्यापी कार्यक्रमको रूपमा पशुलाई सम्मान गर्ने गरिन्छ ।
एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित
एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित महिला कबड्डीतर्फ आज हुने इरान र बङ्गलादेशबीचको खेलबाट नेपालको पदकको टुङ्गो लाग्नेछ । उक्त खेल इरानले जितेमा नेपालले कास्य पदक पाउने सुनिश्चित हुनेछ । सो खेल बङ्गलादेशले जितेमा भने नेपाल महिला कबड्डीमा पनि पदकविहीन बन्न सक्छ ।
बरिष्ठ गायिका दिलमाया खातीको निधन
बरिष्ठ गायिका दिलमाया खातीको निधन काठमाडौं आएका बेला आफन्तकोमा उँहाले गाएको गीत सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत आउन आग्रह गरेका थिए । त्यसपछि उँहाले नेपाली गीत गाउन शुरु गर्नु भएको हो। अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवम् संगीतकारसँग काम गर्नु भएको छ।
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, ११ जना घाइते
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, ११ जना घाइते बझाङमा धेरैजसो विद्यालयमा भागदौड र ढुङ्गा खसेर विद्यार्थी घाइते भएका थिए । जिल्ला अस्पतालमा भूकम्पको त्रासले सुत्केरीलाई बाहिर ल्याएर प्राङ्गणमा सुत्केरी गराइएको थियो ।
Weather Update