भोलिदेखि २५ वटा बस रातो लेनमा चल्ने, ‘रेड मार्क’ लगाउने कार्य जारी
मंगलबार, असोज २, २०८०
अब प्रहरी चारित्रिक प्रमाणपत्रमा व्यक्तिको अभियोग वा कसुर उल्लेख नहुने
मंगलबार, असोज २, २०८०
कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भए पनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ।

सिम डुप्लिकेसन गरी चोरी गर्ने २० वर्षीय युवक पक्राउ
मंगलबार, असोज २, २०८०
“यसमा नयाँ फन्डा जोडिएको छ,” रेग्मीले भने, “यसका लागि सबैभन्दा पहिले उसले बैंकमा अकाउन्ट बनाउने बेला अरूकै नम्बर राख्नेरहेछ । यता सिम निकाल्ने बेला बैंकको एप्रुभल भयो भने सिम प्रदायक कम्पनीले सिम उपलब्ध गराउने रहेछन् ।”

थप दाइजो नपुगेको निहुँमा २१ महिना अघि विवाह गरेको श्रीमतीको हत्या
मंगलबार, असोज २, २०८०
नागेन्द्रले निकितासँग विवाह हुनु अगावै पहिलो विवाह गरिसकेको खुलेको छ । उनले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर झुक्याएर निकितासँग दोस्रो विवाह गरेको जनाइएको छ । पहिलो श्रीमतीबाट जन्मिएकी छोरीको समेत मृत्यु भएकोले उक्त मृत्युको घटना पनि शंकास्पद रहेको पीडित परिवारले आरोप लगाए ।

असोज ५ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन पाइने
मंगलबार, असोज २, २०८०
गएको भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिवार र आइतवार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उहाँको भनाइ छ ।

आज गणेश चतुर्थी, चथाः पर्व मनाएर दशैं भित्र्याउँदै नेवार समुदाय
मंगलबार, असोज २, २०८०
यस दिन नेवार समुदायले चन्द्रमाको पूजा गर्ने दुईवटा परम्परा छ। एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोकामा समेत पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाश समेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पूजा गर्ने गर्दछन्। अर्को समुदाय, घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतीक्षामा...

आज सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाइँदै
मंगलबार, असोज २, २०८०
यस वर्ष तिथि घटबढका कारण तीजको भोलिपल्ट आज ऋषिपञ्चमी परेको छ । आज महिलाले अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।

सरकारले १०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन
सोमबार, असोज १, २०८०
‘डब्ल्यूएचओले प्रयोगमा नल्याउने भनेर १०३ प्रकारका एन्टिबायोटिकको सूची प्रकाशन गरेको छ’, उहाँले भन्नुभयो, ‘ती औषधि न दर्ता गर्छौं न प्रयोगका लागि अनुमति नै दिन्छौँ ।’

पुल्चोकस्थित भाटभटेनीलाई १ लाख र विग मार्टलाई १० हजार जरिवाना
सोमबार, असोज १, २०८०
अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा विक्री गरेको पाइए पछि न्युनतम १ लाख जरिवाना गरिएको सहायक सिडिओ सुनुवारले जानकारी दिए। उनका अनुसार विग मार्टले विक्री गर्ने हरियो तरकारीमा कम तौल पाइए पछि १० हजार जरिवाना गरिएको छ।
1695037155.jpg)
अखाद्य मिठाई बेचेपछि टिपटपलाई महानगरले तिरायो २ लाख रुपैयाँ जरिवाना
सोमबार, असोज १, २०८०
'हिजो राती त्यहाँको ग्राहकले बिग्रिएको मिठाई बेचेको भनेर हामीलाई गुनासो गर्नुभएको थियो,' उनले भने, 'सोही आधारमा गएर जाँच गर्दा खान योग्य नभएका मिठाई बेचेको भेटिएको हो।'
साताको लोकप्रीय