Kath Khabar
बजेट घोषणा पछिको पहिलो दिनको शेयर कारोबार



           काठमाडौं, जेठ १६। बजेट घोषणा पछि लगत्तै नेप्से घटेको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आइतबार आगामी आर्थिक वर्षको लागि बजेट घोषणा मार्फत पुँजी बजार सुधारको योजना अघि सारेका थिए । तर त्यसको सकारात्मक प्रभाव सोमबारको नेप्सेमा देखिएन ।

नेप्से आज ५० दशमलव ३३ अंकले घटेर २१ सय ७३ दशमलव ४४ अंकमा सीमित हुन पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ३३ अंकले घटेर चार सय २२ दशमलव ७४ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज  दुई सय २७ वटा कम्पनीहरूको २६ हजार नौं सय ४९ पटकको कारोबारमा ३४ लाख ५६ हजार पाँच सय २९ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार दुई सय ८२ रुपैयाँमा सीमित हुन पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका १३ वटा समूहहरू मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

नेप्सेमा आज कारोबार भएका कुल कम्पनीहरू मध्ये बलेफी हाइड्रो पावर कम्पनी, गणपति लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंक, युनाइटेड इदीमर्दी हाइड्रो पावर कम्पनी, ज्योति लाइफ इन्स्युरेन्स कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, अरुण भ्याली हाइड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update