Kath Khabar
रोकिएन नेप्सेको भीषण पहिरो

            काठमाडौं, जेठ २४। नेप्सेको भीषण पहिरोले साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १२ अंकले घटेको नेप्से आज ४५ दशमलव ५९ अंकले घटेर दुई हजार २० दशमलव २३ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ ११ दशमलव २४ अंकले घटेर तीन सय ८९ दशमलव १२ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय ३४ वटा कम्पनीहरूको २८ हजार नौं सय ५९ पटकको कारोबारमा ३८ लाख ८७ हजार सात सय ४८ कित्ता शेयर किनबेच भएका छन्. । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३१ करोड २८ लाख छ हजार पाँच सय ६३ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन । ति मध्ये आज वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज उपकार लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाइड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने हिमालयन बैंक, आईएमई जनरल इन्स्युरेन्स कम्पनी, ज्योति विकास बैंक आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने एनआईसी एशिया बैंक, कुमारी बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि आदि अगाडि परेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update