Kath Khabar
नेप्सेमा उच्च अंकले सुधार


            काठमाडौं, जेठ २५। नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार भने उच्च अंकले बढेको छ । नेप्से आज ६० दशमलव २२ अंकले बढेर दुई हजार ८० दशमलव ४४ बिन्दुमा चढ्न सफल भएकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २५ अंकले बढेर चार सय दशमलव ३७ अंकमा चढ्न सफल भएको छ ।

नेप्सेमा आज दुई सय ३१ वटा कम्पनीहरूको ३० हजार छ सय ८४ पटकको कारोबारमा ५० लाख पाँच हजार आठ सय १४ कित्ता शेयर खरिद बिक्री भएका । जसबाट आज कुल शेयर कारोबार रकम एक अर्ब ६४ करोड तीन लाख ५६ हजार छ सय आठ रुपैयाँ पुगेको छ ।  नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले बढ्दा नेप्सेमा पुरै हरियाली छाएको छ ।

नेप्सेमा आज सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने माउन्टेन हाईड्रोपावर नेपाल लिमिटेड, आरबीबी म्यचुअल फण्ड आदिले गुमाएका छन । यसैगरी आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, कुमारी बैंक आदिको बढी रकम कारोबार भएका छन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update