
काठमाडौं, जेठ २६। नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहीबार १७ दशमलव ५८ अंकले घटेर दुई हजार ६२ दशमलव ८६ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ९९ अंकले घटेर तीन सय ९६ दशमलव ३९ अंकमा सीमित हुन पुगेको छ । आज दुई सय २९ वटा कम्पनीहरूको ३० हजार सात सय ६२ पटकको कारोबारमा ४१ लाख ५६ हजार एक सय चार कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब ४७ करोड २६ लाख ९० हजार पाँच सय ५४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन, बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्येमा आज उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रो पावर कम्पनी, नेपाल इन्स्युरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर, युनाइटेड इदीमर्दी हाइड्रो पावर कम्पनी, वीन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने कुमारी बैंक, एसियन लाइफ इन्स्युरेन्स कम्पनी, नेपाल लाइफ इन्स्युरेन्स कम्पनी, अरुण कावेली पावर लिमिटेड आदिको भने बढी रकम कारोबार भएका छन् ।