Kath Khabar
रोकिएन नेप्सेको निरन्तरको पहिरो



               काठमाडौं, जेठ २७। नेप्सेको ओरालो यात्राले आज शुक्रबार पनि निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से १४ दशमलव ६४ अंकले घटेर दुई हजार ४८ दशमलव १६ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव ३१ अंकले घटेर तीन सय ९२ दशमलव शून्य छ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरूको १८ हजार छ सय १७ पटकको कारोबारमा ३० लाख ४५ हजार आठ सय ३८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम ८९ करोड ४१ लाख २४ हजार एक सय १४ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज कारोबार भएका समूहहरू मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले घट्दा नेप्से पुरै रातो देखिएको छ ।

नेप्सेमा आज कारोबार भएका कुल कम्पनीहरू मध्ये उपकार लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चर लिमिटेड, बलेफी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने सगरमाथा इन्स्युरेन्स कम्पनी युनिलिभर नेपाल लिमिटेड, तेह्रथुम पावर लिमिटेड, प्रिमियर इन्स्युरेन्स कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, शिवम् सिमेन्ट आदि परेका छन् ।  


 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update