Kath Khabar
नेप्सेमा उच्च अंकले गिरावट, सबै सूचकहरू रातै


            काठमाडौं, असार ६। नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन ३७ अंकले घटेको नेप्से आज सोमबार पुन ४९ दशमलव ३१ अंकले घटेर १८ सय ८४ दशमलव ८१ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि सात दशमलव ६६ अंकले घटेर तीन सय ६६ दशमलव १९ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज दुई सय ३० वटा कम्पनीहरूको ३६ हजार चार सय ६४ पटकको कारोबारमा ६१ लाख ८६ हजार नौं सय ४१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल शेयर कारोबार रकम एक अर्ब ७५ करोड छ लाख एक सय ७१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आँधीखोला लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था आदि परेका छन भने बढी गुमाउने कम्पनीहरूको सुचीमा तेह्रथुम पावर लिमिटेड, रिभर फल्स पावर लिमिटेड, प्रभु लाइफ इन्स्युरेन्स कम्पनी आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, हिमालयन डिस्ट्रिलरी प्रालि, अरुण कावेली पावर लिमिटेड, नबिल बैंक आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update