Kath Khabar
नेप्से पुरै हरियो, ३७ अंकले बढ्दा एक अर्ब २३ करोडको कारोबार


           काठमाडौं, असार ७। नेप्से पुरै हरियो देखिएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से ३७ दशमलव ४९ अंकले बढेर १९ सय २२ दशमलव ३० अंकमा चढ्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १८ अंकले बढेर तीन सय ७४ दशमलव ३७ अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय ३१ वटा कम्पनीहरूको २४ हजार नौं सय ८३ पटकको कारोबारमा ३७ लाख १२ हजार दुई सय ७६ कित्ता शेयर किनबेच भएको छ । सोही आधारमा आज कुल कारोबार रकम एक अर्ब २३ करोड ८५ लाख १८ हजार दुई सय एक रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आँधीखोला लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर लिमिटेड आदिको शेयर मूल्य बढेको छ भने एनएमबी बैंकको ऋणपत्र, एनआईसी एशिया ब्यालेन्स फन्ड, इर्मर्जिङ नेपाल लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल क्रेडिट एण्ड कर्मश बैंक आदि परेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update