Kath Khabar
नेप्सेमा पुन पहिरो, ३१ अंकले घट्दा सबै सूचक रातै


              काठमाडौं, असार ८। नेप्से पुन घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार भने ३१ दशमलव २१ अंकले घटेर १८ सय ९३ दशमलव ५३ अंकमा सीमित भएको छ । यसैगरी सेन्सटिभ पनि पाँच दशमलव ९४ अंकले घटेर तीन सय ६९ दशमलव १५ अंकमा सीमित भएको छ ।

आज दुई सय २९ वटा कम्पनीहरूको २० हजार चार सय २० पटकको कारोबारमा ३० लाख ३४ हजार चार सय ८३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ८४ करोड ३७ लाख ७३ हजार चार सय ५९ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज ग्लोबल आईएमई समुन्नत योजना १, आँधीखोला लघुवित्त वित्तीय संस्था, प्रभु लाइफ इन्स्युरेन्स कम्पनी, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य पनि बढेका छन् भने युनाइटेड इदी मर्दी हाइड्रो पावर कम्पनी लिमिटेड, शिवश्री हाइड्रो पावर कम्पनी, रिभर फल्स पावर लिमिटेड, बलेफी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक नेशनल हाइड्रो पावर कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, एनसीसी बैंक आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update