
काठमाडौं, असार ९। नेप्से पुन घटेको छ । अघिल्लो दिन उच्च अंंकले घटेको नेप्से आज बिहीबार पनि ४५ दशमलव २५ अंकले घटेर १८ सय ४८ दशमलव २८ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि सात दशमलव शून्य छ अंकले घटेर तीन सय ६२ दशमलव नौं अंकमा सीमित हुन पुगेको छ ।
नेप्सेमा आज दुई सय ३७ वटा कम्पनीहरूको ३३ हजार चार सय ६० पटकको कारोबारमा ५० लाख आठ हजार सात सय ७१ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम रकम एक अर्ब ४९ करोड ९७ लाख नौं हजार छ सय ३५ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आँधीखोला लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने शिवश्री हाइड्रो पावर लिमिटेड, सामलिङ पावर लिमिटेड, माउन्टेन हाईड्रो नेपाल लिमिटेड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने कुमारी बैंक, नेशनल हाइड्रो पावर कम्पनी, सिभिल बैंक, नागरिक लगानी कोष आदि परेका छन् ।