Kath khabar
नेप्सेमा झिनो अंकले गिरावट



           काठमाडौं, भदौ १७ । नेप्सेमा झिनो अंकले गिरावट आएको छ । आज शुक्रबार नेप्से एक दशमलव ६७ अंकले घटेर १९ सय ७० दशमलव ६२ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७४ अंकले घटेर तीन सय ८३ दशमलव २० अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय १९ वटा कम्पनीहरुको १३ हजार तीन सय नौं पटकको कारोबारमा १८ लाख एक हजार दुई सय ७३ कित्ता शेयर खरिद बिक्री भएका छन । सोही खरिद बिक्रीको आधारमा आज कुल कारोबार रकम ६९ करोड ८८ लाख पाँच हजार नौ सय ५१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, सामूहिक लगानी कोष र लगानी सहितका १० वटा समुहहरूको सूचक घटेका छन् भने जलविद्युत, अन्य र लघुवित्त सहितका तीन वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सर्पोट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेका छन् भने सिद्धार्थ लगानी वृद्धि योजना २, लिबर्टी इनर्जी कम्पनी, बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिटेड आदिको शेयर मुल्य भने घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी आदिको भने बढी रकम कारोबार भएका छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update