
काठमाडौं, भदौ २० । अघिल्लो दिन बढेको नेप्से आज सोमबार भने घटेको छ । नेप्से आज चार दशमलव २९ अंकले घटेर १९ सय ७३ दशमलव एक अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ८२ अंकले घटेर तीन सय ८२ दशमलव ९५ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय २४ वटा कम्पनीहरुको २१ हजार चार सय ७१ पटकको कारोबारमा २४ लाख ४४ हजार तीन सय ४४ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल शेयर कारोबार रकम ९० करोड ९९ लाख चार हजार सात सय ५१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा लघुवित्त र उत्पादनमूलक समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मैलुङ खोला जलविद्युत कम्पनी, आरएसडिसी लघुवित्त वित्तीय संस्था, लक्ष्मी उन्नति कोष, न्यादी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन भने रुरु जलविद्युत परियोजना, जोशी हाईड्रो पावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने रिडी हाइड्रो पावर कम्पनी, रिलायन्स फाइनान्स, नबिल बैंक आदि परेका छन् ।