Kath khabar
१२ अंकले घट्यो नेप्से, कारोबार रकम ८२ करोडमा खुम्चियो



           काठमाडौं, भदौ २२ । साताको चौथो कारोबार दिन आज बुधबार पनि नेप्से घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज पुन ११ दशमलव ९७ अंकले घटेर १९ सय ३९ दशमलव ८८ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी  सेन्सिटिभ पनि एक दशमलव सात अंकले घटेर तीन सय ७७ दशमलव ३८ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २४ वटा कम्पनीहरूको २० हजार चार सय ५२ पटकको कारोबारमा २९ लाख ४३ हजार सात सय ६९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ८२ करोड ६२ लाख ३० हजार पाँच सय ८३ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक झिनो अंकले बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्येमा सनराइज म्युचुअल फण्ड, लक्ष्मी उन्नति कोष, एनआईसी एशिया ग्रोथ फण्ड आदिको शेयर मुल्य बढेका छन् भने प्राइम बैंकको ऋणपत्र, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, पञ्चकन्यामाई हाइड्रो पावर कम्पनी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड आदिको शेयर मूल्य भने घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, सानिमामाई हाइड्रोपावर कम्पनी, आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update