Kath khabar
नेप्से घट्दा कारोबार रकम बढ्यो


            काठमाडौं, भदौ २३ । साताको पाँचौं कारोबार दिन आज बिहीबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । नेप्से आज दुई दशमलव १३ अंकले घटेर १९ सय ३७ दशमलव ७४ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ५४ अंकले घटेर तीन सय ७६ दशमलव ८४ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २७ वटा कम्पनीहरुको २२ हजार एक सय ७५ पटकको कारोबारमा ३४ लाख एक हजार छ सय ९२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कारोबार रकम एक अर्ब चार करोड ४३ लाख ७९ हजार छ सय रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, जीवन बीमा, ट्रेडिङ, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष सहितका सात वटा समुहहरूको सूचक घटेका छन् भने विकास बैंक, निर्जीवन बीमा, जलविद्युत, फाइनान्स, होटल तथा पर्यटन र लगानी सहितका छ वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया ब्यालेन्स फन्ड, बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था, अपरहेवा खोला हाइड्रो पावर कम्पनी, प्राइम बैंकको ऋणपत्र, सानिमा लार्ज क्याप फन्ड आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन एभरेष्ट इन्स्योेरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रो पावर कम्पनी, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, रिडी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update