Kath khabar
श्रृजनशिल लघुवित्तको शेयर बाँडफाँड



             काठमाडौं, भदौ २७ । श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको साधारण शेयरको बाँडफाँड कार्य सम्पन्न भएको छ ।

सनराइज क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्रृजनशिल लघुवित्तको प्रति शेयर एक सय रुपैयाँ अंकित दरका तीन लाख ९३ हजार सात सय ५० कित्ता मध्ये कर्मचारी तथा सामूहिक लगानीकोषलाई वितरण पश्चात बाँकी भएको तीन लाख ६८ हजार पाँच सय ९० कित्ता शेयर यही भदौ १५ गते देखि यही भदौ १९ गतेसम्म सर्वसाधारणहरूको लागि निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो । जसमध्ये १८ लाख ३८ हजार सात सय ५१ दरखास्त फारामबाट कुल एक अर्ब ९९ करोड ७२ लाख छ सय ८० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो ।

उक्त निष्कासनमा आवेदन दिने १८ लाख ३८ हजार सात सय ५१ जना आवेदकहरू मध्ये रीत नपुगेका एक हजार तीन सय १५ जना आवेदकहरूलाई बाँडफाँडमा समावेश नगरी बाँकी १८ लाख ३७ हजार चार सय ३६ जना आवेदकहरूलाई एउटै समुहमा राखी ३६ हजार आठ सय ५९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट तीन लाख ६८ हजार पाँच सय ९० कित्ता शेयर नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्कासन कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा शेयर बाँडफाँड कार्य सम्पन्न गरिएको संस्थाले जानकारी दिएको छ ।


 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update