Kath khabar
नेप्से १३ अंकले घट्यो



             काठमाडौं, भदौ २७ । नेप्से पुन घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार पनि १३ दशमलव ५९ अंकले घटेर १९ सय १२ दशमलव ६९ अंकमा सीमित हुन पुगेको छ । सेन्सिटिभ पनि दुई दशमलव ३९ अंकले घटेर तीन सय ७२ दशमलव ३४ अंकमा सीमित हुन पुगेको छ ।

आज नेप्सेमा दुई सय २५ वटा कम्पनीहरूको २० हजार पाँच सय ५८ पटकको कारोबारमा २६ लाख १३ हजार पाँच सय ४० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ८३ करोड १६ लाख तीन हजार छ सय ५० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक बढेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, अन्य, ट्रेडिङ र लगानी सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज युनाइटेड इदी मर्दी हाइड्रो पावर कम्पनी, ओरेन्टल होटल समुह, एनएमबी ब्यालेन्स फण्ड, सिईडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र, अपरहेवा खोला हाइड्रो पावर कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, अरुण कावेली पावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको बढी रकम कारोबार भएका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update