Kath khabar
४७ अंकले बढ्यो नेप्से, सबै सूचक हरियो


            काठमाडौं, भदौ २९ । नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से ४७ दशमलव ४४ अंकले बढेर १९ सय ८१ दशमलव ४८ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि नौं दशमलव १९ अंकले बढेर तीन सय ८५ दशमलव ३६ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय २७ वटा कम्पनीहरुको ३१ हजार २३ पटकको कारोबारमा ४६ लाख १८ हजार पाँच सय १६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ४५ करोड ३८ लाख २४ हजार छ सय ५० रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज ग्रीन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा एनआईसी एशिया फेल्क्सी क्याप फण्ड, मैलुङ खोला जलविद्युत कम्पनी, एनआईसी एशिया फेल्क्सी क्याप फण्ड, बलेफी हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, अपि पावर लिमिटेड आदि परेका छन् ।


 

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update