Kath khabar
नेप्से उच्च अंकले घटेपनि दुई अर्ब १२ करोडको शेयर किनबेच



                       काठमाडौं, भदौ ३० । नेप्से उच्च अंकले घटेपनि पनि साताको पाँचौं कारोबार दिन आज बिहीबार कारोबार रकम भने बढेको छ । आज नेप्से ५७ अंकले घटेर १९ सय २४ दशमलव ४८ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २३ अंकले घटेर तीन सय ७४ दशमलव १३ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय ३२ वटा कम्पनीहरुको ३५ हजार पाँच सय ३७ पटकको कारोबारमा ६९ लाख ४० हजार पाँच सय ९६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम दुई अर्ब १२ करोड ५६ लाख ५५ हजार सात सय ८७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिटिजन्स म्युचुअल फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फन्ड, मिर्मिरे माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने एनआईसी एशिया फेल्क्सी क्याप फण्ड, लिर्वर्ती इनर्जी कम्पनी, दिव्येश्वरी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने लक्ष्मी बैंक, नबिल बैंक, अपि पावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्राली आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update