Kath khabar
नेप्सेमा पुन गिरावट,  दुई सय २० वटा कम्पनीहरुको ९० करोडको शेयर किनबेच



               काठमाडौं, भदौ ३१ । नेप्से पुन घटेको छ । अघिल्लो दिन ५७ अंकले घटेको नेप्से आज शुक्रबार पुन १४ दशमलव एक अंकले घटेर १९ सय १० दशमलव ३८ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव २३ अंकले घटेर तीन सय ७१ दशमलव ९० अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा  दुई सय २० वटा कम्पनीहरुको १८ हजार पाँच सय ३१ पटकको कारोबारमा २९ लाख १६ हजार दुई सय ७१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ९० करोड ८१ लाख ८६ हजार चार सय ८८ रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा सामूहिक लगानी कोष समुहको सूचक झिनो अंकले बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समुहहरूको सूचक पनि घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये नबिल ब्यालेन्स फण्ड २, बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने मिर्मिरे माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । रिडी हाइड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको भने आज बढी रकम कारोबार भएका छन् ।


 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update