Kath khabar
झण्डै ३९ अंकले घट्यो नेप्से



                काठमाडौं, असोज ४ । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से उच्च अंकले घटेको छ । आज नेप्से ३८ दशमलव ८१ अंकले घटेर १८ सय ३७ दशमलव ६० अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि सात अंकले घटेर तीन सय ५८ दशमलव ८७ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय ३१ वटा कम्पनीहरुको ३० हजार एक सय ३५ पटकको कारोबारमा ३८ लाख ५६ हजार पाँच सय ३८ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब २२ करोड ९६ लाख ६९ हजार सात सय २२ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज स्वाभिमान लघुवित्त वित्तीय संस्था, एनएमबी ५०, रुरु जलविद्युत परियोजना, विशाल बजार कम्पनी, न्यादी ग्रुप पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने कालिका पावर लिमिटेड, बरुण हाइड्रो पावर कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, अपरहेवा खोला हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, रिडी हाइड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update