Kath khabar
नेप्सेमा पुन पहिरो, सबै सूचक राताम्मै



                 काठमाडौं, असोज ६ । अघिल्लो दिन बढेको नेप्सेमा साताको अन्तिम कारोबार दिन आज बिहीबार भने पहिरो गएको छ ।

आज नेप्से नौं दशमलव ८३ अंकले घटेर १८ सय ३८ दशमलव ९६ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव ४५ अंकले घटेर तीन सय ५९ दशमलव ४३ अंकमा सीमित हुन पुगेको छ । दुई सय २९ वटा कम्पनीहरुको १७ हजार नौं सय ६४ पटकको कारोबारमा २५ लाख ४२ हजार चार सय ८९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ६५ करोड ५७ लाख पाँच हजार एक सय ६९ रुपैयाँ ४२ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ ।

कारोबार भएका कम्पनीहरु मध्ये आज सामलिङ पावर कम्पनी लिमिटेड, लक्ष्मी उन्नति कोष, सर्पोट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, रुरु जलविद्युत परियोजना आदिको शेयर मूल्य बढेका छन् भने प्रभु बैंकको ऋणपत्र, श्वेत गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेड, अपर हेवाखोला हाईड्रो पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, अपि पावर लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड आदि परेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update