Kath khabar
नेप्से राताम्मै : २३ अंकले घट्दा एक अर्ब सात करोडको कारोबार


              काठमाडौं, असोज ९ । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से २३ दशमलव ८३ अंकले घटेर १८ सय १५ दशमलव १३ सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ८३ अंकले घटेर तीन सय ५५ दशमलव ६० अंकमा सिमित हुन पुगेको छ  । नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरुको २२ हजार छ सय ८३ पटकको कारोबारमा ४० लाख १४ हजार चार सय १९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले घटे नेप्से पुरे रातो देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज अभियान लघुवित्त वित्तीय संस्था, बुटवल पावर कम्पनी, आशा लघुवित्त वित्तीय वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने तेह्रथुम पावर लिमिटेड, सामलिङ पावर लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपरहेवा खोला हाइड्रो पावर कम्पनी, आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने लक्ष्मी बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिटिजन्स इन्टरनेसनल बैंक लिमिटेड आदि परेका छन् ।


 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update