Kath khabar
नेप्से बढेपनि कारोबार रकम भने घट्यो




                काठमाडौं, असोज ११ । नेप्से बढेको छ । आज मंगलबार नेप्से १५ दशमलव ९२ अंकले बढेर १८ सय ३१ दशमलव पाँच अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ५४ अंकले बढेर तीन सय ५८ दशमलव १४ अंकमा पुग्न सफल भएको छ । आज दुई सय २९ वटा कम्पनीहरूको १६ हजार आठ सय २३ पटकको कारोबारमा २१ लाख सात हजार सात सय ४२ कित्ता शेयर किनबेच भएका छन भने कारोबार रकम ६६ करोड ३० लाख १३ हजार रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये होटल तथा पर्यटन र सामूहिक लगानी कोष समुहको सुचक घटेका छन्. भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी सहितका ११ वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सामुदायिक लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, रिभर फल्स पावर लिमिटेड आदिको शेयर मुल्य बढेका छन् भने गरिमा डिवेञ्चेर २०८५, सामलिङ पावर लिमिटेड, अपरहेवा खोला हाइड्रो पावर कम्पनी, लक्ष्मी बैंक आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने रिडी हाईड्रो पावर कम्पनी, नबिल बैंक, शिवम् सिमेन्ट, अपि पावर लिमिटेड आदि परेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update