Kath khabar
चाडपर्वसँगै नेप्सेमा हरियाली


           काठमाडौं, असोज १३ । चाडपर्व सुरु हुनै लाग्दा नेप्सेमा भने हरियाली छाएको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से १६ दशमलव २९ अंकले बढेर १८ सय ५३ दशमलव ७६ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ८३ अंकले बढेर तीन सय ६३ दशमलव ४२ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय २३ वटा कम्पनीहरूको १४ हजार दुई सय ९८ पटकको कारोबारमा १७ लाख ९१ हजार चार सय ८० कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल कुल कारोबार रकम ६३ करोड २४ लाख सात हजार छ सय २८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा जीवन बीमा समुहको सूचक घटेर वाणिज्य बैंक, जलविद्युत, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहित १२ समुहहरूको सूचक भने बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्येमा आज अभियान लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, बिन्दवासिनी हाइड्रो पावर डेभलपमेन्ट लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा सामलिङ पावर लिमिटेड, मन्दाकिनी हाइड्रो नेपाल लिमिटेड आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर, रिडी हाइड्रो पावर कम्पनी परेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update