Kath khabar
नेप्सेमा पुन गिरावट, कारोबार रकम ५५ करोडमा सीमित



                काठमाडौं, असोज २५ । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन घटेको नेप्से आज मंगलबार पनि १६ दशमलव छ अंकले घटेर १८ सय ५५ दशमलव १६ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि तीन दशमलव २१ अंकले घटेर तीन सय ६३ दशमलव ६३ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरूको १२ हजार दुई सय ९३ पटकको कारोबारमा १७ लाख ६७ हजार छ सय ९२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार कुल कारोबार रकम ५५ करोड २७ लाख १२ हजार आठ सय ८५ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये ट्रेडिङ, होटल तथा पर्यटन र सामूहिक लगानी कोष सहितका तीन वटा समुहहरूको सूचक बढेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समुहहरूको सूचक पनि घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सर्पोट लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड, आरएसडिसी लघुवित्त वित्तीय संस्था, सोल्टी होटल लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा बिन्धवासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रो पावर लिमिटेड, अपर हेवाखोला हाइड्रो पावर लिमिटेड आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन डिस्ट्रिलरी प्राली आदि परेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update