Kath khabar
११ अंकले बढ्यो नेप्से, दुई वटा समुहले गुमाउँदा ११ वटा समुहले कमाए



            काठमाडौं, असोज २६। नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार भने ११ दशमलव ३२ अंकले बढेर १८ सय ६६ दशमलव ४८ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ५६ अंकले बढेर तीन सय ६६ दशमलव १९ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय २३ वटा कम्पनीहरुको १४ हजार एक सय ८६ पटकको कारोबारमा २० लाख ८५ हजार दुई सय ८४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ६९ करोड १७ लाख ३७ हजार आठ सय ९४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये ट्रेडिङ र सामूहिक लगानी कोष समुहको घटेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य र लगानी सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज अभियान लघुवित्त वित्तीय संस्था, प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने एभरेष्ट बैंकको ऋणपत्र, सानिमा लार्ज क्याप फण्ड, मन्दाकिनी हाइड्रो पावर कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नबिल बैंक, रिडी हाइड्रो पावर कम्पनी, चिलिमे हाइड्रो पावर लिमिटेड आदि परेका छन् ।


 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update